देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

  डेटूडे खबर डेस्क
  २५ चैत्र २०८२

                            

 काठमाडाैँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। शेरबहादुर र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो।

सम्पत्ती शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका लागि भन्दै सम्पत्ती शुद्धीकरण विभागले माग गरेपछि जिल्ला अदालतले अनुमति दिएको जनाइएको छ। गत फागुनमा भएको चुनावअघि नै उपचारका लागि भन्दै विदेश गएका देउवा दम्पती अझै स्वदेश फर्किएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट