श्रममन्त्री दीपककुमार साह पदमुक्त

  डेटूडे खबर डेस्क
  २६ चैत्र २०८२

                            

काठमाण्डाैँ ।

प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार आज साहलाई पदबाट हटाउने निर्णय गरेका हुन्। मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरी यसअघि निलम्बनमा परेकी स्वास्थ्य बीमा बोर्डकी सदस्य आफ्नी श्रीमती जुनु श्रेष्ठलाई पुनर्बहाली गरेको भन्दै आलोचना भएको थियो।

बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने पार्टीसमक्ष पेश गरेको थियो। रास्वपाले साहको यो गतिविधिबाट पार्टीको छवि, आर्दश, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको निष्कर्षसमेत निकालेको थियो।यसैका आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट