प्रभावकारी सेवा प्रवाह हुने जनताको ठूलो आकांक्षा छ : राष्ट्रपति रामचन्द्र पौडेल

  डेटूडे खबर डेस्क
  २७ चैत्र २०८२

                            

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत नयाँ पुस्ता नेपाली राजनीतिमा आकर्षित भएको भन्दै जनताले प्रभावकारी सेवा प्रवाहको आकांक्षा राखेको बताएका छन्।

शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन, रोजगारीको अवसर, तीव्र आर्थिक सामाजिक स्थायित्वको आकांक्षा नागरिकले राखेका पनि बताए।

उनले नयाँ संसद्ले आवश्यक कानुनहरू निर्माण गर्ने विश्वास व्यक्त गर्दै न्यायपालिकाबाट निष्पक्ष न्याय प्रदान गरेमात्र सहिदहरूको सम्मान हुने पनि बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट