भारतीय विदेशमन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
डेटूडे खबर डेस्क
२७ चैत्र २०८२
काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ ।
शुक्रबार भएको उक्त भेटमा भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री खनाललाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
भेटका क्रममा दुई नेताले नेपाल र भारतबिचको लामो समयदेखिको बहुआयामिक सम्बन्धको समीक्षा गरेका छन्।वार्ताका क्रममा दुवै पक्षबीच आपसी हितका विविध विषयमा रचनात्मक र भविष्यमुखी छलफल भएको जनाइएको छ। भेटपछि दुवै मन्त्रीले दुई राष्ट्रबिचको द्विपक्षीय सहयोगलाई थप सुदृढ र प्रभावकारी बनाउने साझा प्रतिबद्धता समेत दोहोर्याएका छन्।
