पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
डेटूडे खबर डेस्क
०३ वैशाख २०८३
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले रिहाको आदेश गरेको हो।
खड्काले विदेश जान भने अदालतबाट अनुमति लिनुपर्नेछ। 'निवेदकलाई हिरासतमा राख्दा उचित विधि र प्रक्रिया पूरा गरेको देखिएन,' आदेशमा भनिएको छ, 'निजको पक्राउ पुर्जी र म्याद थप कानुनसंगत देखिँदैन। निज माथिको दाबीको कसूरको अनुसन्धान हिरासत बाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनु र निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दीप्रत्यक्षीकरणको आदेश
