भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार तत्पर छ’- प्रधानमन्त्री
डेटूडे खबर डेस्क
१७ जेठ २०८३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मुलुकबाट भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्
उनले सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक वर्षभित्र मुलुकमा भ्रष्टाचार निर्मूल पार्ने काममा लागि पर्ने बताएका छन् ।
सरकारले यस वर्षलाई सुशासन वर्षको रुपमा लिएको शाहको भनाई छ । प्रधानमन्त्री शाहले विभिन्न मन्त्रालयले मातहतका निकायमा निगरानीका साथ काम गरिरहेको पनि बताए।
‘सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले यो पहिलो वर्ष पूर्ण रुपमा देशलाई सुशासनतर्फ लैजाने, बेथितिहरुलाई हटाउने, बलियो जरा बनाएर बसेको यो भ्रष्टाचारलाई निर्मूल गर्न नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको बताएका छन् ।’
