सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री शाह

  डेटूडे खबर डेस्क
  १७ जेठ २०८३

                            

काठमाण्डाै  । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र टेबुल टकमार्फत समाधान हुने बताएका छन ।

प्रतिनिधिसभाको आजकाे बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई अधिकारिक कूटनीतिक नोट पठाइसकिएको र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिए । प्रधानमन्त्री  शाहले दुवै सरकारका इतिहासविद्, सर्वेक्षक तथा भूमिसम्बन्धी विज्ञहरू राखेर टेबुल टकमार्फत यो विवाद समाधान गरिने बताए ।

प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले लिपुलेक र लिम्पियाधुरा हुँदै भारत र चीनबीच हुने व्यापारको विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्रीले यो स्पष्टीकरण दिएका छन् ।

प्रधानमन्त्री शाहले लिपुलेक सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भएको जानकारी गराउँदै नेपालले भारतको भूमि मिचेको भन्ने प्रश्न पनि उठेकाले त्यसको समाधान दुवै देश मिलेर गर्ने समेत  बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट