विपक्षीले अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
डेटूडे खबर डेस्क
१८ जेठ २०८३
काठमाडौँ : विपक्षी दलको विरोध चर्किएपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार दिएको अभिव्यक्तिको जवाफ माग गर्दै विपक्षीले विरोध चर्काएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
प्रधानमन्त्री शाहले आइतबारको संसद् बैठकमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिएका थिए।
