प्रधानमन्त्री शाहले बोलेको विषय निन्दनीय छ: गगन थापा
डेटूडे खबर डेस्क
१८ जेठ २०८३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा राखेको विषय निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् ।
“सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्," थापाले भने, "प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ ।”
सीमा विवादजस्तो संवेदनशील विषयमा देशहरूका निश्चित अडान हुने उनले बताए । ‘देशका अडान हुन्छन्, त्यसका पछाडि केही प्रमाण, कथन हुन्छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ,’ सभापति थापाले भने । छिमेकीसँग कूटनीतिक माध्यमबाट समाधान गर्नसकिने सम्भावनालाई प्रधानमन्त्री बालेनको अभिव्यक्तिले क्षीण बनाएको उनले टिप्पणी समेत गरे ।
