रास्वपाका सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

  डेटूडे खबर डेस्क
  २० जेठ २०८३

                            

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भेटवार्ता भएको छ। भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको सन्देश दिएका छन्।

प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग भेट गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै साझा समृद्ध भविष्यका लागि मिलेर काम गर्ने इच्छालाई स्वागत तथा समर्थन गरेको बताए।

मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्रका रूपमा व्याख्या गर्दै नेपालसँगको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन भारत इच्छुक रहेको उल्लेख  समेत गरे।

“नेपाल हाम्रो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार हो। नेपालमा नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन हामी उत्सुक छौँ,” मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छनका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट