प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक: पूर्वप्रधानमन्त्री कार्की

  डेटूडे खबर डेस्क
  २२ जेठ २०८३

                            

काठमाडौँ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएकी छिन्।

 

निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन्।

“निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आएका छन्। जनताले दिएको मतको सम्मान गर्दै उहाँहरूलाई काम गर्न दिनुपर्छ,”कार्कीले  भनिन्।

उनले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चारकर्मीलगायतको भूमिका महत्वपूर्ण रहेको चर्चा गरिन्।

पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम परिस्थितिमा सरकार, आयोग र सरोकारवालाको सहयोगमा कुनै हिंसात्मक घटनाबिना निर्वाचन सम्पन्न भएको बताए।

पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनको विद्रोही भावनाअनुसार सुशासन र राजनीतिक संस्कार कायम गर्दै मुलुकमा स्थायित्व स्थापित हुनुपर्नेमा जोड दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट