इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा
डेटूडे खबर डेस्क
१७ आषाढ़ २०८३
एजेन्सी । सह-आयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा इक्वेडरलाई २–० गोलले हराउँदै मेक्सिकोले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो।
मेक्सिको सिटी स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युलियन क्वीन्योनेस र राउल जिमिनेजले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो।
२१ औं मिनेटमा क्वीन्योनेसले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए। ३१ औं मिनेटमा जिमिनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे।
