८ हजार घुससहित सीडीओ अफिस धनुषाका नासु पक्राउ

  डेटूडे खबर डेस्क
  २२ भदौ २०७८

                            

२२ भदौ, जनकपुरधाम ।

जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा उमेश चौधरी ८ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नायब सुब्बा चौधरीलाई मंगलबार साँझ घुस रकमसहित पक्राउ गरेको हो ।

जनकपुरधामको क्याम्पस चोकस्थित एक होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने नाममा घूस लिँदै गरेको अवस्थामा पक्राउ परेका चौधरीविरुद्व थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट