मिथिलामा अक्षय नवमी मनाइँदै
डेटूडे खबर डेस्क
२७ कार्तिक २०७८
जनकपुरधाम्, २७ कार्तिक । जनकपुरधाम सहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ ।
कात्तिक शुक्ल नवमी तिथिमा मनाइने अक्षय नवमी परम्पराअनुसार अमला अर्थात धातृको रुखको फेदमा सामूहिक रुपमा खाना खाने गरिन्छ ।
घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ ।
पर्वमा अमलाका विशेष परिकार अचार, मुरब्बा र चटनीसहित शाकाहारी खानेकुरा मात्र पकाउने र खाने चलन रहेको मैथिल संस्कृति परम्परा जानकारहरुले बताउँछन ।