कमला बचाउ अभियानको तेश्रो वार्षिकोत्सव भव्यताका साथ विहिवार सम्पन्न

  डेटूडे खबर डेस्क
  ०२ मंसिर २०७८

                            

जनकपुरधाम, ०२ मंसिर । कमला बचाउ अभियानका संयोजक विक्रम यादवको अध्यक्षतामा आयोजित तेश्रो वार्षिक महोत्सव विहिवार विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएका छन् ।  

उक्त कार्यक्रममा नेपाल भारतका अभियानीहरुको सहभागितामा कमला बचाउ अभियानको तेश्रो वार्षिक महोत्सव विहिबारको दिन सम्पन्न भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि शहिद नगरपालिकाका नगर प्रमुख उदयकुमार बरवरिया, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद वास्तोला, सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरे, गणेशमान चारनाथ नगरपालिकाका उप-प्रमुख मिनाकुमारी यादव, भारतका पिपल, निम वृक्ष तथा जल अभियानी डा. धर्मेन्द्र, पानी सदुपयोग फाउन्डेशनका कार्यकारी निर्देशक चिरञ्जिवी भट्टराई, नमामी गंगे मेरठ उतर प्रदेशका डा. विजय पण्डित, गाँधी विचारक तथा प्रयावरण अभियन्ता मनोहर मानव, नदी संरक्षण अभियन्ता भूमिका थापा, त्रिशुली नदी संरक्षण अभियन्ता, ट्रि म्यान फरम इन्डिया सुजित कुमार, भारतका वरिष्ठ पत्रकार शंकर यादव, टिभी ९ भारत वर्षका पत्रकार हिरेण पासवान, दिपेन्द्रप्रसाद सिंह, रामएकवाल महरा, चाँदनी झा, माला राय, मनोज पासवान, जितेन्द्र महरा, सरसफाई अभियानी रुवी झा, युवा नेता राजकिशोर यादव, विनोद रोहिता लगायत अन्य विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद वास्तोलाका अनुसार यो अभियान सराहनिय रहेको र यस अभियानमा सबैजनालाई एकजुट भएर लाग्नुपर्ने आवश्यक रहको बताए साथै यस अभियानको लागि कहि कतैबाट आर्थिक रुपमा सहयोग नभए पनि उक्त अभियान निरन्तर चलिरहेकोमा अभियानीहरुलाई धन्यवाद पनि दिए ।

त्यस्तै गणेशमान चारनाथ नगरपालिकाका उप-प्रमुख मिनाकुमारी यादव हरेक व्यक्तिलाई आ-आफ्नो स्थानबाट समर्थन गर्नुपर्ने अति आवश्यक रहेको र यो एकल प्रयास अथवा अभियानीहरुको प्रयासमा मात्र उक्त अभियान सफल नहुने भएकोले यसमा एकजुट भएर लाग्नुपर्ने बताएकि छिन्  ।

कमला बचाउ अभियानका संयोजक विक्रम यादवले कमला नदी बचाउ अभियानले अहिले जनचेतनामूलक काम गर्दै आएको र अभियानीहरु नि:स्वार्थ भावले अभियानमा लागिपरको जसको संरक्षण गर्नु सबैको उत्तिकै आवश्यकता रहेको तथा उक्त अभियानमा हाल कायम रहेको तिन तहकै सरकारको भूमिका रहनुपर्ने कुरामा जोड दिएका छन् ।

 भारतका गान्धी विचारक मनोहर मानवले कमला नदीको वहाव नेपालको सिन्धुली हुदै धनुषा र सिरहा हुदै भारत हुदै गंगा नदीमा गाभिएकाले यसको संरक्षनमा दुबै देशका अभियानीहरुको तदारुक्ता हुनुपर्नेमा जोड दिनुभयो । पर्यावरण बचाउका लागि वृक्षारोपणमा गनुपर्ने र वन विनाशलाई रोकनको लागि बढी भन्दा बढी वनंजगल लगाउनुपर्नेमा जोड दिनुभएको छ ।

उक्त कार्यक्रममा नेपाल र भारतबाट आएका वक्ताहरुले उक्त महाअभियानमा सबैले एकजुट भई नदीलाई संरक्षण, सम्वद्धनको लागि एकजुट भएर अगाडि बढन जोड दिएका छन् ।

कार्यक्रममा कमला बचाउ अभियानसंगै पर्यावरण बचाउका लागि विभिन्न विद्याबाट सहयोग गर्ने पत्रकार, समाजसेवी, राजनीतिक दलका अगुवा तथा सहयोगी नगरपालिकाका मेयर र कर्मचारीहरुलाई कदर पत्र प्रदान गरि सम्मान गरेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट