इटालीद्धारा अमेजन र एप्पलमाथि २० करोड यूरो जरिवाना
डेटूडे खबर डेस्क
०८ मंसिर २०७८
जनकपुरधाम, ०८ मंसिर । इटालीको बजार अनुगमन सम्बन्धी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो जरिवाना गरेको छ ।
इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनधिकृत रूपमा विक्री गर्ने बिक्रेताहरूलाई सो जरिवाना गरिएको हो ।
इटालीको यस संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई छ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको छ ।
एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक विक्रेतालाई तत्कालका लागि अमेजन मार्फत् काम गर्न पनि रोक लगाएको छ ।