राष्ट्रपति भण्डारीद्वारा ६ वटा अध्यादेश जारी

  डेटूडे खबर डेस्क
  १५ मंसिर २०७८

                            

जनकपुरधाम, १५ मंसिर ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार विभिन्न छ वटा अध्यादेश जारी गर्नुभएको छ । 

नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले विभिन्न अध्यादेश जारी गर्नुभएकाे राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश–२०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ र रेल्वे अध्यादेश–२०७८ जारी गर्नुभएको हो । 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको यी अध्यादेश संसद्ले अनुमोदन नगर्दा निष्क्रिय भएका थिए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट