एमसिसी तत्काल पारित होस् : फातिमा सुमार

  डेटूडे खबर डेस्क
  २७ भदौ २०७८

                            

काठमाडौँ । एमसिसी उपाध्यक्ष फतेमा सुमारले एमसिसी सम्झौता सदनबाट पारित गर्न विलम्ब भइसकेको बताएकी छिन् । नेपाल भ्रमणको अन्तिम दिन पत्रकार सम्मेलन गरेर सुमारले समयको विलम्बलाई बुझ्न नेपाल सरकारसँग आग्रह गरिन् । 

उनले एमसिसी कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषय नेपाल सरकारको हातमा रहेको पनि बताइन् । पत्रकार सम्मेलनमा उनले भनिन्, ‘सबै पक्ष सकारात्मक छन्, नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, उद्योगी व्यवसायी, महिला नेतृलगायत सबैसँग मैले कुरा गरेँ । एमसिसीबारे सबै सकारात्मक पाएँ । पारित हुन्छ भन्नेमा आशावादी म छु ।’

उनले एमसिसी नेपाली जनताको हितमा रहेको पनि बताइन् । एमसिसी पारित नभए नेपाल अमेरिका सम्बन्धमा कस्तो असर पर्छ भन्ने पत्रकारको प्रश्नमा सुमारले भनिन्, ‘नेपाल र अमेरिकाबीचको सम्बन्धमा एमसिसी मात्र होइन, अरू पनि छन् ।’

नेपाल भ्रमणका क्रममा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाललगायतसँग भेटवार्ता गरेकी थिइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट