गोगल प्रसाद नमुना विद्यालय बसहिया धनुषाका पूर्व प्रधानाध्यापक चन्देश्वर लाल कर्णको उपचारको क्रममा निधन

डेटूडे खबर डेस्क
२७ भदौ २०७८
जनकपुरधाम । चित्रगुप्त समिती बसहिया धनुषाका पुर्व अध्यक्ष तथा गोगल प्रसाद नमुना विद्यालय बसहिया धनुषाका पुर्व-प्रधानाध्यापक चन्देश्वर लाल कर्णको आज काठमाडौँमा उपचारको क्रममा असमाहिक निधन भएको जानकारी चित्रगुप्त समितीले जनाएको छ ।कर्ण विज्ञान र अंग्रेजीका प्रख्यात शिक्षक थिए ।कर्ण हर्टको बिरामी थिए । कर्ण केही दिन अघि कोभिड विरुद्धको खोप लिएको थिए, खोप लिएको भोलि पल्ट स्वास्थ्यमा समस्या देखिए पछि जनकपुरधाम स्थित काव्या अस्पतालमा एक हप्ता उपचार गराए ।पुन: उपचारको लागि ग्राण्डी अस्पताल काठमाडौँमा उपचारको लागि पुगेका थिए वहाँको उपचारकै क्रममा निधन भएको थियो ।वहाँको निधनले स्कूल परिवार, धनुषा जिल्लाका शिक्षक एवं विद्यार्थिहरु शोकमा डुबेको छ ।