प्रादेशिक गौरवका आयोजनालाई प्राथमिकतामा राख्न मुख्यमन्त्री राउतको निर्देशन

  डेटूडे खबर डेस्क
  १४ पौष २०७८

                            

जनकपुरधाम, १४ पुस ।  जनकपुरधाम, पुस १४ । मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक गौरवको योजनाहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिनु भएको छ ।

राष्ट्रिय योजना आयोगले आज जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय क्षमता विकास कार्यक्रमको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले मातहतका अधिकारीहरुलाई उक्त निर्देशन दिनु भएको हो ।

जानकारीको आभावमा प्रदेश तथा स्थानीय सरकारले समपुरक तथा विशेष अनुदान पर्याप्त मात्रामा प्राप्त गर्न नसेकको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले सम्बन्धित अधिकारीहरुले प्रक्रिया बारे पोख्त हुन निर्देशन समेत दिनु भयो ।

cm raut2

राजनीति नेतृत्व भन्दा राष्ट्रसेवक कर्मचारीहरुलाई यस विषयहरुमा सजग हुनु पर्नेमा जोड दिनु हुँदै मुख्यमन्त्री राउतले जानकारीको आभावमा प्रदेशको विकास पछाडी परे जनताले माफ नगर्ने जिकिर गर्नुभयो ।

संघीय सरकारले बजेटको न्यायोचित बाँडफाँड नगरेको गुनासो गर्दै मुख्यमन्त्री राउतले बजेटको बाँडफाँड जनसंख्या, एचडिआई र बहुआयामिक गरिबीलाई आधार बनाएर गर्नुपर्ने मांग समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट