तालिबान र पश्चिमा राष्ट्रका अधिकारीहरुबीच भेटवार्ता हुने
डेटूडे खबर डेस्क
१० माघ २०७८
तालिबान र पश्चिमा राष्ट्रका अधिकारीहरुबीच भेटवार्ता हुने भएको छ । अफगानिस्तानको सत्तामा तालिबान आएयता पहिलोपटक युरोपमा वार्ता हुन लागेको हो ।
नर्वेमा तालिबानका सदस्य र पश्चिमा राष्ट्रका अधिकारीबीच छलफल हुन लागेको बीबीसीले जनाएको छ ।
तीन दिनसम्म हुने भनिएको वार्तामा अफगानिस्तानमा मानव अधिकार तथा मावनीय सङ्कटका सम्बन्धमा छलफल हुनेछ । संयुक्त राष्ट्रसङ्घका अनुसार अफगानिस्तानका ९५ प्रतिशत नागरिकले पर्याप्त मात्रामा खान पाएका छैनन् ।
बैठकको विरोधमा युरोपका विभिन्न ठाउँमा प्रदर्शन समेत भएका छन् । बैठकको बहानामा मानव अधिकारको उल्लङ्घन गर्ने तालिबानलाई ‘पुरस्कृत’ गर्न खोजिएको भन्दै विरोध भइरहेको हो।