रुस र युक्रेन तनावः अमेरिकी सेनालाई उच्च सतर्क अवस्थामा रहन आग्रह

  डेटूडे खबर डेस्क
  ११ माघ २०७८

                            

एजेन्सी । अमेरिकाले झण्डै साढे आठ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना सेनालाई छोटो सूचनामा जहाँ पनि जान सक्ने गरी उच्च सतर्क अवस्थामा बस्न आदेश दिएको बताइएको हो ।

बीबीसीले अमेरिकी राष्टपति भवन पेन्टागनका प्रवक्ता जोन कर्बीलाई उदृत गर्दै भनेको छ रुसका सेनाले युक्रेनलाई घेरामा राखेको र जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले उच्च सतर्क अवस्थामा रहन आग्रह गरेको छ ।

नेटोका सदस्य देशहरू डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्यान्ड्सले पूर्वी युरोपमा सुरक्षा बढाउनका लागि युद्धपोत र लडाकु जहाज पठाउनेबारे विचार गरिरहेको यसअघि नै बताइसकेका छन् ।

नेटोका महासचिव जनरल येन्स स्टोल्टेन्सबर्गले युक्रेनमा हमला गरे रुसले त्यसको महँगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट