भारतले ७३ औँ गणतन्त्र दिवस मनाउँदै

  डेटूडे खबर डेस्क
  १२ माघ २०७८

                            

एजेन्सी

जनकपुरधाम । भारतले आज बुधवार आफ्नो ७३ औँ गणतन्त्र दिवस मनाइरहेकाे छ । दिल्लीको राजपथमा आयोजित समारोहमा भव्य सैनिक परेड र सांस्कृतिक झाँकी प्रदर्शन सहित भारतले दिवस मनाइरहेकाे बीबीसी हिन्दीले जनाएको छ ।

समारोहमा ७५ वटा विमान र होलिकप्टरले कला प्रदर्शन गरेका छन् । समारोहमा पूर्ण मात्रा खोप लगाएकाहरूलाई मात्र सहभागी गराइएको बीबीसी हिन्दीले जनाएको छ । विदेशी पाहुनालाई भने नबोलाएको भारतको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय स्वतन्त्रताको ७५ औँ वर्षगाँठ पनि भएकाले समारोहलाई आजादीका अमृत महोत्सव भनिएको छ । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको राष्ट्रिय फूल ब्रम्हकमल अङ्कित पहिरन र परम्परागत टोपी लगाउनुभएको थियो । उत्तराखण्डमा विधान सभा चुनाव हुन लागेकाले चुनावी आकर्षणका लागि मोदीले उत्तराखण्डको पोसाक लगाउनुभएको भारतीय सञ्चारमाध्ययमले चर्चा गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट