सिके रावतका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गर्दा पक्राउ

  डेटूडे खबर डेस्क
  २० माघ २०७८

                            

जनकपुरधाम । विहानैदेखि आन्दोलनरत सिके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहामा ना ४ ख १७९८ नम्बरको तेल बोक्ने ट्यांकर तोडफोट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाले उक्त तेल बोक्ने ट्यौकर नरहा गाउँपालिका मिर्चैयाबाट विराटनगरतर्फ गइरहेको बताएको थियो । प्रहरीले स्कर्टिङ गर्दै मालबाहक सवारीसाधन सहितका गाडीहरु सञ्चालनमा ल्याएका छन् ।

प्रहरीले जनमत पार्टीका कार्यकर्ताहरुले गरेको आक्रमणबाट ट्यांकरको अगाडिको सिसा फुटेको बताएको छ । सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका कार्यकर्ताहरुले सो ट्यांकरमा ढुंगामुढा गरेका थिए र सडकमा रहेका गाडी तोडफोड गर्ने क्रममा प्रहरीसँग झडप भएको बताइन्छ ।

प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा आन्दोलनकारीहरूको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी हवल्दार सामान्य घाइते भएको प्रहरी जनाएको छ । त्यस्तै, प्रहरीले १३ जना कार्यकर्ताहरुलाई पक्राउ गरेको बताएको छ ।

किसान आन्दोलनका नाममा विगत एक महिनादेखि जनमत पार्टीका कार्यकर्ताहरुले गरेको आन्दोलनल गरिरहेका छन् भने आजको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायतका जिल्लामा लामो दुरीका यातायात ठप्प छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट