थप ११ जनाकाे मृत्युसंगै एक हजार ३८६ जनामा काेराेना संक्रमण

  डेटूडे खबर डेस्क
  २३ माघ २०७८

                            

जनकपुरधाम । २४ घण्टामा थप १ हजार ३८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने थप थप ११ जनाको भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ९ हजार २५१ नमुना परीक्षण मध्य ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् भने ८ हजार ७०४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट