सामान्य प्राविधिक त्रुटिका आधारमा अस्पतालले उपचार खर्च वापत बढी रकम असुलेको भन्ने विषयमा: काव्या अस्पतालको ध्यानाकर्षण (विज्ञप्ती सहित)

  डेटूडे खबर डेस्क
  २५ माघ २०७८

                            

जनकपुरधाम । जनकपुरधाम स्थित काव्या अस्पताल प्रा.लि. ले दुर्घटनामा परेका एक जना विरामिसँग बढि शुल्क लिएको भनी चर्चा चलिरहेको बेला काव्या अस्पतालले बिरामीसँग बढी शुल्क नलिएको प्रष्ट पारेको छ ।

गत मंगलबार १८ गते ट्याक्टर दुर्घटनामा परेका घाइते धनुषाको शहीदनगर नगरपालिकाका वडा नं. १ बस्ने ३६ वर्षिय उमेश यादवलाई ट्याक्टर धनी आफैंले बिरामीको ईच्छा अनुसार काव्या अस्पतालमा भर्ना गराई उपचार गराएका थिए ।

उपचारपछि डिस्चार्ज प्यान बिलमा एडमिसन चार्ज दोहोरो भई बिलमा दोहोरो रकम जोडिएकोमा, प्यान बिलमा भएको सामान्य प्राविधिक त्रुटिलाई लिएर हस्पिटललाई बदनियत पूर्वक बदनाम गरेको र अस्पतालको प्रतिष्ठालाई योजनाबद्ध तवरले आघात पुर्याउने गरी पछिल्ला दिनमा प्रायोजित समूहबाट भ्रम छर्ने काम भइरहेको भन्दै विज्ञप्ती जारी गरेको छ ।

विज्ञप्तीका अनुसार "हामि हरेक समयमा हाम्रा सेवाका प्रक्रिया, भरपर्दोपन र विश्वसनीयता प्रति सजग छौँ । कुनै पूर्वाग्रह भए संवाद गर्न" सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

हेर्नुहोस विज्ञप्ती

kavya2 kavya3

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट