सबै नेपालीलाई बुस्टर डोज दिइन्छ : स्वास्थ्यमन्त्री खतिवडा

  डेटूडे खबर डेस्क
  २६ माघ २०७८

                            

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अबको केही दिनभित्रमा सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिइने बताएका छन् ।

बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले तेस्रो चरणमा सबै नेपाली नागरिकलाई बुस्टर डोज खोप दिइने बताएका हुन्।

विद्यार्थीहरुलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोप केन्द्र बनाइएको र आउने दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने प्रतिवद्धता जनाए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट