नेपालले ओमानलाई ६ विकेटले हरायो
डेटूडे खबर डेस्क
२८ माघ २०७८
जनकपुरधाम । चार देशीय टी २० सिरिजको पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको छ ।
दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएपछि १३६ रनको लक्ष्य नेपालले ३ बल अगावै पूरा गरेको हो ।
नयाँ कप्तान सन्दीप लामिछानेले पनि कप्तानी डेब्यु जितबाट गरे । यस्तै स्पीनर सागर ढकाल र अलराउण्डर विवेक यादवले पनि यसै खेलबाट टी २० आईमा डेब्यू गरे । सागर बलिङमा महंगो सावित हुँदा विवेकले एक ओभर मात्र बलिङ गर्न पाए ।नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।
नेपालका कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले १ र १ विकेट लिए ।