२४ घण्टामा कोभिड– १९ : संक्रमितभन्दा निको हुने दोब्बर, मृत्यु भने उस्तै

  डेटूडे खबर डेस्क
  २८ माघ २०७८

                            

जनकपुरधाम । पछिल्लो २४ घण्टामा कोभिड– १९ संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर बढी रह्यो ।

२४ घण्टामा देशभर २० हजार ९ सय ८९ जनामा गरिएको परीक्षणमा ११२८ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा २२१५ जना कोभिड संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण घट्दै गए पनि मृत्यु दर भने उस्तै छ । २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा कोभिड– १९ बाट ११ हजार ८ सय ७८ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ४ सय ४१ रहेको छ ।

२४ घण्टामा उपत्यकाका काठमाडौंमा २०३, भक्तपुरमा १७ र ललितपुरमा ४५ जना संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट