मधेश सरकारले विगत चार वर्षमा गरेको काम एवं उपलब्धिहरु । (पूर्ण पाठसहित)

डेटूडे खबर डेस्क
०३ फाल्गुण २०७८
जनकपुरधाम । मधेश प्रदेश सरकारले विगत चार वर्षमा प्रदेश सरकारले गरेका उपलब्धीहरु एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ । मंगलबार मधेश प्रदेशका मुख्यमन्त्रीको निवासमा आयोजित पत्रकार सम्मेलन मुख्यमन्त्री राउतले चार वर्षका उपलब्धिहरु सार्वजनिक गरेका छन्। मुख्यमन्त्री राउतले चार वर्षमा प्रदेश सभाबाट ४३ वटा ऐन, नियमहरु बन्नुको साथै र प्रदेशको नामकरण तथा स्थायी राजधानी पारित गर्न सक्नु मुख्य उपलब्धि रहेको जानकारी गराएको छन् ।
राउतले भने संघीय निजामती सेवा ऐन बन्न नसकेको अवस्थामा पनि मधेस प्रदेशले प्रदेश निजामती सेवा ऐन बनाएर संघीय सरकार र बाँकी ६ वटै प्रदेश सरकारलाई निजामती सेवा ऐन बनाउन मार्गनिर्देश गर्न सफल रहेको बताएका छन् ।
प्रदेश निजामती सेवा नियमावली बनाउँने तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी प्रदेश मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरूको संगठन संरचना तथा जनशक्ति व्यवस्थापन गर्न कर्मचारी दरबन्दीलाई अन्तिम स्वरुप प्रदान गर्ने गरी कार्य भैरहेको बताएका छन् ।
मधेश प्रदेश सरकारका उपलब्धिहरु जस्ताको त्यसतै हेर्नुहोस: यहाँ क्लिक गर्नुहोस् ।