नेपालको टी–ट्वान्टी वरीयता खस्कियो
डेटूडे खबर डेस्क
०३ फाल्गुण २०७८
जनकपुरधाम । आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।
आईसीसीले सोमबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १३ औं स्थानमा रहेको छ ।
यस अघि नेपाल १२ औं स्थानमा रहेको थियो ।
सोमबार ओमानमा सम्पन्न चारदेशीय टी–ट्वान्टी सिरिजको तीन खेलमध्ये नेपालले दुई खेलमा पराजय भोगेको थियो ।
सिरिज जितेको युएई भने १२ औं स्थानमा उक्लिएको छ ।
वरीयताको शीर्ष स्थानमा भने इंग्ल्यान्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा पाकिस्तान रहेको छ ।
चारदेशीय सिरिजमा सहभागी आयरल्यान्ड १५ औं तथा ओमान १८ औं स्थानमा रहेका छन् ।