ट्याक्टरको ठक्करबाट पर्सामा ,एक जनाको मृत्यु, तीनजना घाइते

  डेटूडे खबर डेस्क
  ०६ फाल्गुण २०७८

                            

जनकपुरधाम । पर्सामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भन्ने अन्य तीनजना घाइते भएका छन् ।

ज्यान जानेमा दुर्घटनामा सखुवाप्रसौनी गाउँपालिका(६ बस्ने ३५ वर्षीय राजेश राउत कंकर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ६१ वर्षीय सकलदेव राउत कंकर, १८ वर्षीय रञ्जन साह तेली र मकवानपुर हेटौंडा बस्ने अन्दाजी २४ वर्षीय राजकुमार तामाङ घाइते भएका छन् ।

उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । तीनै जनाको नारायणी अस्पताल वीरगञ्जमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट