शेयर बजार ३९ अङ्कले घट्यो, ४ अर्ब ८ करोडको कारोबार

  डेटूडे खबर डेस्क
  ०८ फाल्गुण २०७८

                            

जनकपुरधाम । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव चार अङ्कले घटेर दुई हजार ६ सय ९३ दशमलव १० विन्दुमा झरेको छ । आज अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर राताम्मे भएको छ ।

विकास बैंक, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय ३० कम्पनीका ७१ लाख २२ हजार कित्ता शेयर चार अर्ब आठ करोड ६४ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै जीवन विकास लघुवित्त कम्पनीको ५८ करोड रुपैयाँको शेयर किनबेच भयो । बोनस र नगद गरी लगानीकर्तालाई ७३ प्रतिशत लाभांश दिने घोषणा गरेको जीवन विकास लघुवित्तको शेयरमा आकर्षण बढेको हो ।

आज नारायणी विकास बैंक, युनाइटेड इन्सुरेन्स, रुरु जलविद्युत् र प्रभु लाइफ इन्सुरेन्सको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि युनाइटेड मर्दी हाइड्रोपावरको शेयर १० प्रतिशत र तेह्रथुम पावर कम्पनीको शेयर साढे आठ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट