सरकारी योजना तर्जुमा गर्ने नीति नै ठिक भएन: अर्थमन्त्री
डेटूडे खबर डेस्क
०५ असोज २०७८
५ असोज २०७८, डेटूडे खबर ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारी आयोजनाको नीति निर्माणमा नै त्रुटि भएको औल्याएका छन् । मंगलबार नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
उनले भने, ‘नेपालमा विकास नहुनुमा कर्मचारीतन्त्र वा राजनीतिज्ञहरुको मात्र दोष नभएर हालसम्म बनाइएका विकासका मोडलहरुमा नै त्रुटि छ । हामीले कुन क्षेत्रका विकास कति र कहिले गर्ने भन्ने योजना यकिन नभइकन बजेट विनियोजन गर्ने चलन धेरै रहेको छ ।’
विकासका आयोजनाहरु नेताहरुको खल्तिबाट निकाल्ने चलनको अन्त्य गर्न आफू लागिपरेको उनले बताए । नेपालमा हरेक कुना काप्चामा सडक बनाउने भनेर बजेट विनियोजन गरिएको हुन्छ तर, नेपालमा कति वटा सडक आवश्यक हो भन्ने कसैले पनि अनुसन्धान गरेको उनले बताए ।
आयोजना निर्माणका लागि बोलपत्र गरिन्छ उक्त बोलपत्रमा आवेदन दिनेहरु सबै एउटै कम्पनी भएपनि ठेक्का चाहि उसैले पाउने चलन रहेको छ त्यो ठेकदारको क्षमता कति हो भन्ने कसैले पनि प्रश्न नउठाउने उनले आरोप लगाए । आयोजना निर्माणको जिम्मा लगाउदा ठेकदारको क्षमता र परिक्षण गरिने र अब सार्वजनिक खरिद ऐनमा समस्या रहेकाले यो पनि संशोधन गरिने उनले दावी गरे ।