खाना खाएपछि १० मिनेट मात्र हिड्नुहोस्, यी १० समस्याबाट छुटकारा पाउनुहोस्

  डेटूडे खबर डेस्क
  ०१ चैत्र २०७८

                            

जनकपुरधाम । खाना खाँदा र हिँड्दा हाई बीपी, सुगरलगायतका धेरै रोगहरू टाढा रहन्छ।खाना खाएपछि हिँड्दा पाचन प्रणाली बलियो हुन्छ।
हिड्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा हामीले सानैदेखि सुन्दै आएका छौँ, तर के तपाईलाई थाहा छ बेलुकाको खाना खाइसकेपछि हिड्नु किन जरुरी छ र यसका कति फाइदा छन् ? यदि तपाईको तौल बढ्दै छ भने तपाईका लागि बेलुकाको खाना खाइसकेपछि हिड्नु झनै जरुरी छ, खाना खाने र हिँड्दा धेरै रोगहरु समाप्त हुन्छ, निद्रा पनि आउँछ । खाना पनि राम्ररी पचिन्छ। बेलुकाको खाना खाइसकेपछि हिँड्दा के फाइदा हुन्छ, आउनुहोस् हामी तपाईलाई बताउँछौँ 

बेलुकाको खाना पछि हिड्नुको फाइदाहरु

  • खाना खाइसकेपछि हरेक दिन २०–३० मिनेट हिँड्ने हो भने खाना राम्रोसँग पच्ने र पाचन शक्ति बलियो हुन्छ, खाना खाइसकेपछि तुरुन्तै सुत्दा खाना राम्ररी पच्दैन र पाचन सम्बन्धी धेरै समस्याहरु देखा पर्छन् । त्यसैले अबदेखि हरेक दिन खाना खाइसकेपछि कम्तीमा २० मिनेट हिँड्ने बानी बसाल्नुहोस् ।
  • खाना खाएपछि हिँड्दा रगतमा चिनीको मात्रा कायम रहन्छ । अर्थात् दैनिक खाना खाएर हिँड्नुभयो भने मधुमेहबाट पनि बच्न सकिन्छ ।
  • खाना खाएर हरेक दिन हिँड्ने हो भने अनिद्राको समस्या पनि हट्छ ।
  • यदि तपाई ग्यासको समस्या र पेट फुल्ने समस्याबाट हैरान हुनुहुन्छ भने हरेक दिन खाना खाएपछि हिँड्नुहोस, यी लक्षणहरु कम भएको थाहा पाउनुहुनेछ ।
    खाना खाएपछि हिँड्दा पनि मुटु स्वस्थ रहन्छ । त्यसैले दिनहुँ हिँड्नुपर्छ ।
  • यदि तपाईं रातमा ३० मिनेट सँगै हिँड्न सक्नुहुन्न भने, बिहानको खाजापछि १० मिनेट, दिउँसोको खानापछि १० मिनेट र बेलुकाको खानापछि १० मिनेट हिँड्न सक्नुहुन्छ।
  • खाना खाइसकेपछि हिड्दा पनि मानसिक स्वास्थ्यमा सुधार हुन्छ, तनाव कम हुन्छ, बेचैनी कम हुन्छ र मुड सुधार्छ।
  • यदि तपाईको रक्तचाप उच्च रहन्छ भने राति हिँड्दा तपाईलाई धेरै फाइदा हुन्छ । यसले मुटु रोग, स्ट्रोक, उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ।
    यदि तपाईं हरेक दिन हिड्न सक्नुहुन्न भने, हप्ताको कम्तिमा 5 दिन पक्कै हिड्नुहोस्।
  • खाना खाइसकेपछि, तपाईं छिटो गतिमा हिड्नु पर्दैन, तर मध्यम तीव्रतामा हिड्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट