जनकपुरधाममा बसको ठक्करबाट एकजनाको मृत्यु
.[2].jpg)
डेटूडे खबर डेस्क
१७ चैत्र २०७८
जनकपुरधाम । जनकपुरधाममा बसको ठक्करले एकजनाको मृत्यु भएको छ ।
विहिवार जनकपुरधामबाट लक्ष्मीनियाँ तर्फ जाँदै गरेको प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्षीरेश्वरनाथ नगरपालिका १ बस्ने ३५ वर्षीय मनाेज लामिछानेको घटना अस्थलमैे मृत्यु भएको छ ।
जनकपुरधामतर्फ आउँदैे गरेको लामिछानेलाई बसले खाद्य संस्थानको अगाडि ठक्कर दिएको प्रहरीले जनाएको छ ।
शवलाई पाेष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरीले जनाएको छ ।
ठक्कर दिएको बसका चालक फरार रहेकाले खाेेजी भइरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छन् ।