सर्लाहीमा क्रेनले ठक्कर दिँदा विद्यालय हिँडेकी छात्राकाे ज्यान गयाे

  डेटूडे खबर डेस्क
  १७ चैत्र २०७८

                            

सर्लाही ।  सर्लाहीको बाग्मती नगरपालिका ७ राजघाटमा क्रेनको ठक्करबाट विद्यालय हिँडेकी छात्राको ज्यान गएको छ । नव जनजागरण मावि कक्षा ११ मा अध्ययनरत १७ वर्षीया छात्रा सुमित्रा परियारलाई विपरीत दिशाबाट आइरहेको क्रेनले ठक्कर दिँदा घटनास्थलमानै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । 

साइकल चढेर विद्यालय जाँदै गरेकी छात्रालाई बिजुलीको पोल गाड्ने क्रेनले आज बिहीवार दिउँसो ठक्कर दिएको हो । ठक्कर दिने क्रेनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर  जलाइदिएका छन् ।

घटनापछि क्रेनका चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएकाे इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । मृतकको शव अहिले पनि घटनास्थलमा नै रहेको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट