तराई मधेशमा आज देखि जितिया पर्वको विधिवत सुरुवात एवं प्रदेश २ मा महिला विदा

  डेटूडे खबर डेस्क
  ११ असोज २०७८

                            

माला राय 

११ असोज २०७८, डेटूडे खबर ।

जनकपुरधाम । जनकपुरधाम सहित तराई मधेशमा धार्मिक विधि पुर्वक आज देखि जितिया पर्व सुरु भएको छ ।

जकपुरधामको गंगासागर धनुषसागर जस्ता अन्य-अन्य पोखरीहरुमा वर्तालुहरुको भिड लागेको देखिएका छन्।

सन्तानको दिर्घायु र घरको सुख शान्तिको लागि गरिने जितिया पर्वलाई कठोर र महत्वपूर्ण वर्तको रुपमा मानिन्छ ।

जितियाको आज पहिलो दिन जसला नुहाएर खानु अर्थात 'नहाए खाए' दिन भनिन्छ ।

आज वर्तको पहिलो दिन वर्तालुहरु नदि तलाउ वा पोखरीमा नुहाएर घिरोलाको पातमा जितवाहन र पितृलाइ चुरा दहि र अमोट प्रसादको रुपमा चढाउने  गरिन्छ ।

त्यस्तै वर्तको दोस्रो दिन वर्तालुहरु निर्जल एवं निराहार व्रत बसी तेस्रो दिन व्रतको अन्त्य हुन्छ ।

जितियापर्वको अवसरमा प्रदेश २ मा बुधबार महिलाहरु को लागि  सार्वजनीक विदा को घाषणा गरिएको छ।

मुख्यमन्त्री लालबाबु राउत एक शुभकामना सन्देश जारी गर्दै बुधबार प्रदेश भरिका महिहरुलाई सार्वजनीक विदा दिएको दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट