बेलायतका प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध

  डेटूडे खबर डेस्क
  ०४ वैशाख २०७९

                            

एजेन्सी

रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

रुसले बेलायतका प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्रीसहित १३ जना उच्च अधिकारीलाई रुस प्रवेशमा रोक लगाएको समाचार संस्था एएनआईले जनाएको छ । बेलायतले आफ्नो देश विरुद्ध विभिन्न गलत गतिविधि गरेको रुसको आरोप छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले विरोध गर्दै आइरहेको छ । बेलायतले युक्रेनलाई सहयोग समेत गर्दै आएको छ । आक्रमणको विरोधमा विभिन्न देशले रुसी अधिकारीलाई देश निकाला गरिरहेका बेला रुसले पनि बेलायतका उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्धको घोषणा गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट