काबुलमा विस्फोट : ६ जनाकाे मृत्यु

  डेटूडे खबर डेस्क
  ०६ वैशाख २०७९

                            

एजेन्सी

अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरूले दुई वटा बम विस्फाेट गराएका छन् । घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छन् भने अरू केही घाइते भएका अधिकारीहरूले आज मङ्गलवार जानकारी दिएका समाचार संस्था एएनआईले जनाएकाे छ ।  

काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटका घटनामध्ये पहिलो विस्फोट मुम्ताज विद्यालयमा भएको हो । त्यसैगरी दोस्रो विस्फोट भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो । 

दुवै विस्फोटका घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट