भारतको तमिलनाडूमा करेन्ट लाग्दा ११ जनाको ज्यान गयो, १५ जना घाइते

  डेटूडे खबर डेस्क
  १४ वैशाख २०७९

                            

एजेन्सी

भारतको तमिलनाडुमा करेन्ट लाग्दा ११ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्  । तञ्जावुर जिल्लामा एउटा मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा ठोक्किँदा ११ जनाको ज्यान गएको र १५ जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा केही बालबालिका पनि छन् । तञ्जावुरको कालिमेदुको मन्दिरमा ९४औँ माथिल्लो गुरुपूजा पर्व मनाइँदैछ । त्यसमा सहभागी हुन गएरातिदेखि दर्शनार्थीको भीड लागेको थियो । घटनाको अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाका परिवारलाई २–२ लाख र घाइतेहरुलाई ५० –५० हजार भारतीय रुपैयाँ दिने बताउनु भएको छ । यस्तै, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ज्यान गुमाएकाका परिवारलाई ५–५  लाख भारतीय रुपैयाँ दिने बताउनु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट