इथियोपियामा भएको जातीय दङ्गामा परि २० जनाको ज्यान गयो
डेटूडे खबर डेस्क
१५ वैशाख २०७९
एजेन्सी
इथियोपियामा भएको जातीय दङ्गामा परि २० जनाको ज्यान गएको छ ।
इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दङ्गामा परेर २० जनाको ज्यान गएको अमहरा प्रान्तको इस्लामिक एफियर्स काउन्सिलले जानकारी दिएको छ ।
एउटा चिहानकाे विषयलाई लिएर विभिन्न धार्मिक र जातीय समूहका बीचमा विगतदेखि नै विवाद रही आएको र पछिल्लो पटक जातीय दङ्गामा परेर २० जना व्यक्तिको ज्यान गएको हो। विवादपछि एक जातिका मानिसले अर्का जातिको समूहका मानिसको आम हत्या नै गरेका खबरमा उल्लेख छ ।
विवादित क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको र मारिएको समूहका मानिसहरुलाई उद्धारका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।