चीनमा भवन भत्किँदा ५३ जनाको ज्यान गयो

  डेटूडे खबर डेस्क
  २३ वैशाख २०७९

                            

चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ।

गत अप्रिल २९ मा सो भवन भत्किएको थियो। सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ।

सो भवनमा रहेका १० जना नागरिकलाई भने जीवितै उद्धार गरिएको छ। त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ रहेको आशंका गरिएका नागरिकको उद्धार जारी राखिएको थियो।

शुक्रबार हुनानका प्रान्तीय प्रहरी प्रमुखले सो प्रान्तको वाङ्चेन्दमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको र अरू १० जनालाई जीवितै उद्धार गरिएको जानकारी दिएका हुन्।

यस दुर्घटनाको अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट