मलेसिया, थाइल्याण्ड, खाडी र सार्क राष्ट्रमा जानेले अब २५० अमेरिकी डलर सटही गरे पुग्ने

  डेटूडे खबर डेस्क
  १४ असोज २०७८

                            

जनकपुरधाम ।  खाडी, सार्क मुलुक, मलेसिया र थाइल्याण्ड जाने व्यक्तिले अब २५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरे पुग्ने भएको छ। 

यसअघि न्यूनतम ५ सय अमेरिकी डलर सटही गरेको हुनुपर्ने व्यवस्था रहेकोमा त्यसलाई घटाएर न्यूनतम २५० कायम गरिएको हो। 

मन्त्रिपरिषद बैठकले असोज १३ गते यस्तो निर्णय गरेको जनाउँदै गृहमन्त्रालयले अध्यागमन कार्यविधि संशाेधन कार्यान्वयनका लागि अध्यागमन विभागलाई निर्देशन दिएको छ। 

विदेशमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै ब्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५ सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाणपत्र आवश्यक पर्दै आएकोमा अब सार्क राष्ट्र, खाडी मुलुक, मलेसिया र थाइल्याण्डका हकमा न्यूनतम २५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण भए पुग्नेछ। 

तर यूरोप, अमेरिका, जापान, कोरिया प्रस्थान गर्नेको हकमा भने खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै ब्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५ सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण जरुरत पर्नेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट