काठमाडौंमा आज रातिदेखि भिडभाड, मेला र महोत्सव गर्न रोक

डेटूडे खबर डेस्क
१४ असोज २०७८
काठमाडौं– काठमाडौं जिल्लामा आज रातिदेखि भिडभाड, मेला र महोत्सव गर्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौले आज एक सूचना जारी गर्दै मानिसहरु जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालद्वारा जारी आदेशमा कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ । अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू हुने पनि सूचनामा उल्लेख छ ।।
आदेश जिल्ला प्रशासन कार्यालय काठमाडौँको