देशभर मौसम बद्ली केही स्थानमा सिमसीम वर्षा

  डेटूडे खबर डेस्क
  १६ असोज २०७८

                            

जनकपुरधाम । प्रदेश नं.२को अस्थायी राजधानि सहित प्रदेश २ को केही ठाउँमा अहिले सिमसिम पानी पानी परिरहेको छ । दिउँसोसम्म नै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार अहिले देशका अरु ठाउँको मौसम बद्ली भएर प्रदेश-१, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ । दिउँसो पनि यी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

भारतको बिहारमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण यी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्नुका साथै अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना छ । राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

यो वर्षको मनसुन आजदेखि बाहिरिने मिति भए पनि केही दिन मनसुन रहिरहने उहाँले बताउनुभयो । मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार अब ठूलो पानी पर्ने सम्भावना छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट