सवारी लाइसेन्सको अनलाइन फाराम बन्द रहे पनि यातायात कार्यालयहरुमा नयाँ फाराम दर्ता भइरहेको

डेटूडे खबर डेस्क
१६ असोज २०७८
जनकपुरधाम । नेपालमा कोभिड १९ को सुरुवात भए संगै यातायात व्यवस्था विभागबागबाट अनलाइन फाराम खोल्ने बन्द गर्ने क्रम जारी रहेकोछ ।
हाल कोभिड १९ कै कारण सबै किसिमको लाइसेन्स अनलाईन फाराम यातायात व्यवस्था विभागले बन्द गरेको छ ।
बन्द रहेको अवस्थामा पनि हाल विगत केही महिना देखी अनलाईन फाराम नखुले पनि यातायात व्यवस्था कार्यालयहरुले फाराम भरिरहेको र उक्त नयाँ अनलाइन फारामको दर्ता गरी बायोमेट्रीक लिइ ट्रायल समेत लिने गरेको भन्ने जनगुनासोछ र सुन्नमा पनि आएको छ ।
पुरानो अनलाइन फाराम भरेकाहरुको अहिले यातायात व्यवस्था कार्यालयहरुले दर्ता गरी बायोमेट्रीक गरी ट्रायल लिने परिवेशमा प्रदेश नं.२ लगायत ७ वटै प्रदेशमा अनियमितता बढेको सुनिन्छ ।
यातायात कार्यालयहरुले लिखित परिक्षाको रिजल्ट नै सार्वजनिक न गरी ट्रायल लिएको र सो सम्बन्धमा सम्बन्धित मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय अनभिज्ञ छ चासो नै लिएको छैन ।
प्रदेश नं.२ अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालयहरुको वेभसाइट भए पनि धेरै कार्यालयहरुले रिजल्ट वेभसाइटको माध्यमबाट वा सामाजिक संजालको माध्यमबाट प्रकाशित गरिरहेको छैन ।
सार्वजनिक नगर्नु नगराउनु यातायात व्यवस्था कार्यालय लगायत सम्बन्धित भौतिक पूर्वाधार विकास मन्त्रालय उत्तिकै दोषि रहेको देखिन्छ ।