कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

  डेटूडे खबर डेस्क
  २० असोज २०७८

                            

जनकपुरधाम । अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरिको क्षेत्रमा जनगणना गर्न माग गरेको छ । 

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज बुधवार विज्ञप्ति जारी गर्दै चुच्चे नक्सामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारिका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरिका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गर्नुभयो । 

विज्ञप्तिमा भनिएको छ, जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कुटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्ने गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न सुपरीक्षक पठाउन जोडदार माग गर्दछौँ ।

१२ औँ राष्ट्रिय जनगणना आउँदाे कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट