फाइजरले माग्याे ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउने अनुमति

  डेटूडे खबर डेस्क
  २२ असोज २०७८

                            

जनकपुरधाम । अमेरिकामा फाइजरले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागेको छ ।

खोप निर्माता कम्पनी फाइजरले आफूले ५ देखि ११ वर्ष उमेरका बालबालिकाको लागि उत्पादन गरेको खोप प्रभावकारी रहेको दाबी गर्दै आपत्कालीन प्रयोगका लागि अमेरिकाको खाद्य एवं औषधि प्रशासन (एफडीए)सँग अनुमति मागेको हो ।

फाइजरका वरिष्ठ उपाध्यक्ष डाक्टर बिल ग्रबरले दोस्रो डोज खोप लगाइसकेपछि पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकामा कोरोनासँग लड्न सक्ने एन्टीबडीको विकास भएको बताउनुभएको छ । उहाँले खोप सुरक्षित भएको दाबी समेत गर्नुभएको छ ।

यो भन्दा पहिला उत्पादन गरेको फाइजरको जर्मन बायोएनटेकसँग मिलेर बनाएको खोप १२ वर्षमाथि उमेर समूहका लागि प्रभावकारी देखिएको छ । अमेरिकाको खाद्य एवं औषधि प्रशासन (एफडीए) को सल्लाहकार समितिले ६५ वर्षभन्दा धेरै उमेर समूहकालाई फाइजरको बुस्टर डोज लगाउन पनि यो भन्दा अगाडि नै मञ्जुरी दिएको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट