दशैँको आज छैटाैँ दिन : कात्यायनी भगवतीको पूजा गरिँदै
डेटूडे खबर डेस्क
१५ असोज २०७९
जनकपुरधाम । बडादशैँ अन्तर्गत आज छैटाैँ दिन कात्यायनी माताको पूजा गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गरिन्छ ।
आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता सङ्कट नाश हुने धार्मिक विश्वास रहेको छ ।
नवरात्रिका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटाैँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
आज देभरका देवीदुर्गाका मन्दिर तथा शक्तिपीठहरुमा दर्शनका लागि दर्शनार्थीको भिड लागेकाे छ।